+
+

नवलपरासीमा बाढीले बगाएर दुई जनाको मृत्यु, एक जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १५:२७

११ भदौ, बुटवल । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएर एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएकी हुन् ।

घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिए । उनीहरूको शव केही तल खेतमा फेला परेको थियो ।

तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए । उनलाई पनि बाढीले बगाएको प्रहरीको अनुमान छ । रातिदेखिको भीषण वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेको छ । डुबानका कारण परासीका घर र पसलमा बाढी पस्दा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?