+
+

राप्ती अस्पतालका मेसुलाई एमाले कार्यकर्ताको मोसो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १७:१८

११ भदौ, बुटवल । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंहलाई नेकपा एमाले समर्थित विद्यार्थीको एक समूहले मोसो दलेको छ ।

एमाले निकट भातृ संगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३-४ जनाको समूहले मेसुको कार्यकक्षमै गएर मोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

अस्पतालका प्रमुख सिंहसँग चेकजांचको बिषयमा विवाद गरेर परियारको समूहले उनलाई मोसो दल्नुका साथै दुर्व्यवहार गरेको एसपी काफ्लेले बताए । अस्पतालमा नहुने चेकजाँच बाहिर गर्न आग्रह गर्दा उनीहरुले डा. सिंहलाई मोसो दलेको भन्दै एसपी काफ्लेले बताए ।

घटनामा संलग्नहरुको पहिचान भइसकेको र पक्राउ गर्न मातहतका प्रहरीलाई निर्देशन दिइसकेको उनले जानकारी दिए ।

डा. सिंहलाई सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्काले मोसो दलेको आरोपमा उजुरी परेको र उनीहरुमाथि अभद्र ब्यबहारमा मुद्दा दर्ता गरेर कारबाही गरिने एसपी काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?