+
+

गुल्शन झाले काठमाडौं किंग्स ११ बाट ईपीएल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते ७:५६

१२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर गुल्शन झाले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट काठमाडौं किङ्स-११ बाट खेल्ने भएका छन् ।

काठमाडौं किङ्स-११ ले शुक्रबार गुल्शनलाई अनुबन्ध गरेको जनाएको छ ।

ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

गुल्शन पहिलो पटक राष्ट्रिय टिममा पर्दै हाल लिग टु सिरिजका लागि ओमानमा छन् ।

गुल्शनले यसअघि नेपाल पुलिसबाट घरेलु क्रिकेट खेलेका थिए ।

राष्ट्रिय टिमकै लेगस्पीनर सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं किङ्स-११ ले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको द्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?