+
+

युवतीले किन गरिन् आफैंसँग बिहे ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते १३:५३

विवाह भन्ने बित्तिकै बेहुला र बेहुली अर्थात् दुईजना चाहिन्छ । एकल बाट युगल जोडी बन्नु नै वास्तवमा बिहे हो । तर अष्ट्रेलियामा भने एकजना युवतीले आफैंसँग बिहे गरेकी छिन् ।

पेट्रिसिया क्रिस्टिन नामकी ती युवतीले आफैंसँग बिहे गरेको घटना हाल निकै चर्चामा छ । आफ्नो स्वयं प्रतिज्ञालाई पूरा गर्दै क्रिस्टिनले आफैंसँग बिहे गरेकी बताइएको छ ।

सिड्नीमा बसोबास गर्दै आएकी क्रिस्टिन अहिले २८ वर्षकी भइन् । पेशाले शिक्षिका हुन् उनी । केही समय पहिले उनले बिहेका लागि इन्गेजमेन्ट गरिसकेको केटासँगको सम्बन्ध तोडिएको थियो । इन्गेजमेन्ट भैसकेर तय भैसकेको बिहे भंग हुँदा दुःख लाग्नु स्वभाविकै हो । तर क्रिस्टिनले भने त्यो शोकलाई शक्तिमा परिणत गरिन् । उनले भविष्यमा कसैसँग बिहे नै नगर्ने र आफैंसँग बिहे गर्ने फैसला गरिन् । भविष्यमा एक्लै आफैसँग जीवन बिताउने उनको निर्णय थियो ।

सोही बाचा पूरा गर्ने सिलसिलामा उनले हालै आफैंसँग बिहे गरेकी हुन् । आफ्नो बिहेका लागि उनले बिहेको कार्ड छपाएर साथीसँगी तथा आफन्तहरुलाई बाँडिन् । बिहेका लागि सुन्दर वेडिङ गाउन र एउटा हिराको औँठी खरिद गरिन् । बिहे समारोहमा आएका पाहुनाहरुका लागि भोजको व्यवस्था पनि गरेकी थिइन् ।

अनौठो त के भने उनले आफ्नो बिहेको कार्ड वितरण गर्नु अगाडिसम्म उनको बिहे आफैंसँग हो भन्ने कसैलाई थाहा रहेनछ । त्यसैले उनले दिएको बिहेको कार्डमा सबैले बेहुलाको नाम खोजे, तर त्यहाँ बेहुलाको नाम फेला नपरेपछि सबै अक्क न बक्क परे । क्रिस्टिनले त्यस विषयमा सबैलाई खुलस्त पारिन् ।

इन्गेजमेन्ट टुटेसँगै क्रिस्टिनलाई यो कुराको हेक्का भैसकेको थियो कि जीवनमा स्वयं प्रतिज्ञा हुनु निकै जरुरी हुन्छ । त्यस कारण उनले आफ्नो विवाहको थिम पनि यसै अवधारणामा राखेकी थिइन् । आफैंसँग बिहे गरेकी क्रिस्टिनले आफैंसँग प्रेम गर्ने तथा खुसी रहने बाचा पनि गरेकी छिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?