+
+

तानसेनमा घर भत्किंदा बालिकाको मृत्यु, सिद्धार्थ राजमार्गका ठाउँ-ठाउँमा पहिरो

टोपराज शर्मा टोपराज शर्मा
२०७८ भदौ १३ गते ९:४७

१३ भदौ, बुटवल । अविरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्किंदा १० वर्षीया बालिकाको मृत्यु भएको छ ।

तानसेन नगरपालिका-५ कैलाशनगरमा एकतले कच्ची घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वषिर्या छोरी नैना दर्जीको मृत्यु भएको हो ।

रातको साढे २ बजे घर पछाडिको गारो भत्किएर पुरिंदा गम्भीर घाइते भएकी बालिकालाई उपचार गर्न मिसन अस्पताल तानसेनमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले बताए ।

पहिरोले सडक अवरुद्ध

भारी वर्षापछि पहिरो खस्दा पाल्पामा पर्ने सिद्धार्थ राजमार्गको एक दर्जन स्थानमा सडक अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-५ जोरधारा, तानसेन नगरपालिका-७ बर्तुङ, बगनासकाली गाउँपालिका-३ धैरेनी, बगनासकाली गाउँपालिका-४ शेरा, तिनाउ गाउपालिकाको सिद्धबाबा, केराबारी, सिसुवा र हिउँदखोलामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै तानसेन-११ सम्मोबारीमा पहिरो जाँदा तानसेन-रिडी सडकखण्ड र रम्भा-३ सीता पहाडमा पहिरो खस्दा बर्तुङ-रामपुर सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?