+
+

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १२:३५

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आइतबार बसेको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक जारी रहेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादीको पहिलो पटक संसदीय दलको बैठक बसेको हो ।

बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात जना सांसद छन् ।

तर दल दर्ताका बेला सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली अनि राष्ट्रियसभाका शारदादेवी भट्ट पनि आफूसँगै रहेको एकीकृत समाजवादीका नेताहरुले दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?