भविष्यका लागि मसँग तीन विकल्प छ, मृत्यु, जेल र चुनावमा जित : बोल्सोनारो


१३ भदौ, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले भविष्यका लागि आफूसँग केवल तीन विकल्प रहेको बताएका छन् । जसमा पहिलो विकल्प जेल, दोस्रो मृत्यु र तेस्रो आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा जित गरी तीनवटा विकल्प रहेको उनको भनाइ छ ।
दक्षिणपन्थी नेता बोल्सोनारो अहिले ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भासँग निर्वाचनमा पछि परिरहेका छन् । बोल्सोनारोले धार्मिक नेताहरुसँग भनेका छन्, ‘भविष्यको लागि मसँग तीन विकल्प छन् । कि मलाई पक्राउ गरिन्छ, कि हत्या हुन्छ वा मैले चुनाव जित्छु ।’ सन् २०१८ मा निर्वाचन प्रचारको क्रममा बोल्सोनारोमाथि चक्कु आक्रमण भएको थियो ।
अहिले ब्राजिलमा न्यायपालिका र निर्वाचन आयोगसँग बोल्सोनारोको मतभेद चलिरहेको छ । उनले आगामी वर्ष हुने निर्वाचनमा आफ्नो जित हुने विश्वास व्यक्त गर्दै आएका छन् । उनले निरन्तर ब्राजिलको इलेक्ट्रोनिक भोटिङ प्रणालीमा नै प्रश्न उठाउँदै आएका छन् । उनले निर्वाचनको नतिजा अस्वीकार पनि गर्न सक्ने बताएका छन् ।
बुधबार ब्राजिलको निर्वाचन अदालतका प्रमुखले निर्वाचन प्रणालीमा कुनै किसिमको कमजोरी नरहेको स्पष्ट पारिसकेका छन् ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4