+
+

एनआरएन जापानको चुनाव निष्पक्ष नभएको प्रतिवेदन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते ६:३५

१४ भदौ, बार्सिलोना । एनआरएनए जापानमा स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत चुनाव सम्पन्न भएको निर्वाचन समीक्षा समितिले निष्कर्ष निकालेको छ। ६० वटा ग्रुप इमेलहरुबाट दुई हजार ९७० सदस्यहरु दर्ता भएको र त्यसमध्ये दुई हजार ९० मत खसालिएको निष्कर्ष समितिले निकालेको हो ।

अनलाइनखबरलाई प्राप्त प्रतिवेदनमा प्रत्येक ग्रुप इमेहरुबाट एक देखि ४९६ मतसम्म खसेको उल्लेख गरिएको छ । ‘यस्ता ग्रुप इमेलहरु प्रयोग गरी धेरैभन्दा धेरै सदस्यहरुको भोटिङ्ग लिंक एउटै इमेलमा प्राप्त गरी खसालिएको दुई हजार ९०४ मत स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत भएको देखिन्छ, ’ प्रतिवेदनको निष्कर्षमा लेखिएको छ।

एनआरएन जापानमा अनलाइनमार्फत चुनाव सम्पन्न भएपछि प्रविधिको दुरूपयोग गरिएको भन्दै विवाद भएको थियो। एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा अमेरिका र जापानक विज्ञहरुसहित छानबिन समिति गठन भएको थियो। समितिले शुक्रबार प्रतिवेदन तयार गरेर संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई पठाइसकेको छ।

सिंगल इमेलबाट दर्ता ६ हजार ४२४ सदस्यहरुबाट कुल चार हजार ८५३ मत अर्थात ७६ प्रतिशत मत खसेको प्रतिवेदनमा उल्लेख छ। ‘एमआईएस सिष्टममा अनाधिकृत रुपमा सदस्यहरुको इमेल परिवर्तन भएको सम्बन्धमा सदस्यता छानबिन तथा व्यवस्थापन समितिले गुगल फर्म मार्फत परिवर्तित इमेलहरु पनि पहिलेको जस्तै प्लस र डट प्रयोग गरी समूहगत इमेलहरुको प्रकृतिमा नै परिवर्तन भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्षमा लेखिएको छ।

सदस्यहरुको इमेल परिवर्तन गर्ने पाँच जना शंकास्पद व्यक्तिहरुको पहिचान गरिएको भन्दै शंकास्पद व्यक्तिहरुलाई सम्पर्क गर्ने क्रममा अपेक्षा अनुसार सहयोग नभएकाले संलग्नताको गहिराइ यकिन गर्न नसकिएको पनि उल्लेख गरिएको छ।

निष्कर्षमा भनिएको छ, ‘भारतको उडिसा राज्यबाट भोट गरिएको भन्नेबारे अनुसन्धान गर्दा ती आइपी एड्रेसहरु सबै आफ्नो पहिचान लुकाउने प्रविधिको प्रयोग गरेर मतदान गरिएको पाइयो।’

एनआरएनए जापानमा शिवप्रसाद पौडेलको नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित भएर शपथ पनि भइसकेको छ ।

प्रतिवेदन सार्वजनिकपछि के होला ?

संस्थापक अध्यक्ष प्रधानांगसहितको टोलीले सोमबार भर्चुअल रुपमा पनि समितिले तयार गरेको आन्तरिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। एक सहभागीको जिज्ञासामा संस्थापक अध्यक्ष प्रधानांगले आफूहरुले सत्यतथ्य बाहिर ल्याइदिएको तर बाँकी निर्णय अन्य निकायबाट हुनुपर्ने बताए।

‘म संस्थापक अध्यक्षको हैसियतले मलाई लागेको के छ भने यो निर्वाचन स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत भएको छ’ उनले भनेका छन्,  ‘हामीले यो रिपोर्ट अध्यक्ष मण्डललाई पेश गर्‍यौं । निर्वाचन वैध हुने वा अवैध हुने भन्ने निर्णय अध्यक्ष मण्डलले गर्छ।अध्यक्ष मण्डलले पनि गरेन भने आईसीसीमा जान्छ। त्यहाँबाट पनि भएन भने परराष्ट्रको एनआरएन डेस्कमा जान्छ। कही न कहीबाट रिजल्ट दिदैपर्छ।’

छानबिन समितिको संक्षिप्त रिपोर्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?