+
+

चीनबाट आएको जहाजले ओभरसुट गर्‍यो, एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मार्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १०:२५

१४ भदौ, काठमाडौं । चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ ।

विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् ।

मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो । आज बिहान साढे ६ बजे अवतरणको समय रहे पनि सो जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको थियो ।

मौसम खराबीका कारण विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले सो जहाजले ओभरसुट गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

‘भिजिबिलिटी कम भयो भने, हावाको वेग बढी भयो भने, रनवेमा केही चिज देखियो भने पाइलटले अवतरणको जोखिम लिंदैन र ओभरसुट गर्छ,’ ती अधिकारीले भने, ‘आज भने भिजिबिलिटी कम भएकाले ओभरसुट गर्नुपरेको हो ।’

काठमाडौं उपत्यकाका आकाशमा बिहान हुस्सु लागेको थियो । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको थियो । मनसुनी वायुको प्रभावका कारण देशभर बदली र वर्षाको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?