+
+

लम्जुङमा घर जल्दा दम्पतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते ९:५५
सांकेतिक तस्वीर

१५ भदौ, लम्जुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए ।

बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएका थिए । पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।

ग्यास लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । ढुंगामाटोको गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै जलेर नष्ट भएको छ । घरभित्र रहेका केही पनि सामान नकाल्न नभ्याएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?