+
+

जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी समितिको अध्यक्षमा डा.नेपाली निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते ११:१४

१५ भदौ, धरान । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर अध्ययनरत आवासीय चिकित्सकहरुको संगठन जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका नवौं कार्यकारिणी समितिको अध्यक्षमा डा. पदम नेपाली सर्वसम्मत निर्वाचित भएका छन् ।

विद्यार्थीहरुको समस्या र हकहितका लागि समन्वय तथा पैरवी गर्नको लागि स्थापना भएको संगठन हो ।

स्वास्थ्य सेवा र शिक्षाका विषयमा राष्ट्रिय स्तरमै नीति, नियम र विकासमा महत्वपूर्ण भूमिका निभाउँदै आएको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले सक्रिय भूमिका निभाउँदै आएको कुरा नवनियुक्त अध्यक्ष डा. नेपालीले बताए । उनका अनुसार अहिले वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको भ्रष्टाचार, वेथिति र विसंगतिका विरुद्ध सोसाइटी उभिएको छ ।

साथै विद्यार्थीका लागि आवश्यक उपकरण र पूर्वाधार नभएको, करिकुलम समय अनुकुल परिमार्जन नभएको, शिक्षक तालिम नहुँदा पढाइ र सिकाइमा धेरै समस्या भइरहेकोबारे संगठनले आवाज उठाउँदै आएको छ । यस्ता समस्या समाधानका लागि प्रतिष्ठान सुधार गर्ने शुद्धीकरण अभियान सफल पार्ने सोसाइटिको मुख्य मुद्दा रहने डा. नेपालीले बताए ।

अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय इन्टरनेट सेवा, शुद्ध खानेपानी, व्यवस्थित होस्टेल, फोहोर मैलाको उचित व्यवथापनका लागि दबाब दिने उनले बताए ।

नेपालीको अध्यक्षतामा उपाध्यक्ष डा. बुद्धिनाथ शाह, सचिवमा डा. राकेश वर्मा, कोषाध्यक्षमा डा.सन्तोष धरेल र सहसचिवमा डा. अनिता तिमिल्सिना छन् । यसैगरी सदस्यहरुमा डा. आस्था पाठक, डा. अच्युत शर्मा न्यौपाने, डा. उत्सव चापागाईं, डा. चन्दन चौधरी, डा. पूजा बिसी, डा. पुरन्जन थापा, डा. विकास खड्का र डा. विकेश श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?