+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

स्कुल खोल्ने निर्णयबाट धेरैजसो विद्यार्थी र अभिभावक उत्साहित छन्– मेयर चालिसे

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते ११:३४

१५ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका स्कुलहरु आजबाट भौतिक रुपमा सन्चालनमा ल्याउने निर्णय गरेको छ ।

विद्यालय, अभिभावकका प्रतिनिधिसहित सर्वपक्षीय बैठकबाट विद्यालय सन्चालनको निर्णय लिएको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे बताउँछन् ।

उनले अनलाइनखबरसँग भने, ‘लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य नै अन्यौलमा पर्ने डर भयो, त्यसैले सबै पक्षको बैठकको निर्णयअनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आजबाट विद्यालय खोल्ने निर्णय लिएका हौं ।’ आफूहरुको निर्णयबाट धेरैजसो विद्यार्थी र अभिभावक उत्साहित भएको दाबी गर्दै चालिसेले नियमित रुपमा विद्यालय अनुगमनको प्रवन्ध पनि मिलाइएको बताए ।

‘हाम्रो नगरपालिकामा ६५ प्रतिशत जनसंख्यामा अनलाइनको पहुँच छैन । सक्रिय संक्रमित पनि एक प्रतिशत मात्र छन्, १ लाख २४ हजार जनसंख्यामध्ये १ लाख २० हजारलाई खोप लगाइसक्यौं’ चालिसे भन्छन्, ‘त्यसैले स्थानीय सरकारको अधिकार प्रयोग गरी विद्यालय सन्चालन गर्ने निर्णय गर्यौं ।’

नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय आचार्यले आजबाट निजी विद्यालयहरु पनि सन्चालनमा आएको बताए । ‘सरकारी स्कुल त खुलेकै थिए, आजबाट निजी विद्यालयहरु पनि सन्चालनमा आए’ आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?