+
+
पुस्तक अंश :

स्वायत्त विदेश नीतिको नेपाली चाहनालाई भारतले सम्मान गर्नुपर्छ

रञ्जित रे रञ्जित रे
२०७८ भदौ १५ गते १७:१४

विश्व राजनीति यतिबेला विभिन्न अनिश्चयका बीच गुज्रिरहेको छ र यसैबीचमा हामीले भारत–नेपाल सम्बन्धलाई पहिल्याउनु परेको छ ।

नेपालसँगको सम्बन्धमा हामी कस्तो खालको भविष्य हेर्न चाहन्छौं ? अझ भन्नुपर्दा अर्काे २० वर्षपछि कस्तो सम्बन्ध बनेको हेर्न चाहन्छौं ? हाम्रो सबका साथ, सबका विकास र सबका विश्वासको अवधारणालाई नेपालको समृद्ध नेपाल सुखी नेपालीसँग कसरी ‘रिलेट’ गर्छौं ?

नेपाल परिवर्तित भएको छ, अहिले नयाँ आकांक्षा भएकाहरु र युवाले भरिएको छ । नेपाल अब भारतको सुरक्षा छाताको अंश वा विशेष सम्बन्धको रूपमा बस्न सन्तुष्ट छैन । आज नेपालसँग धेरै विकल्प छन् र भारतसँग साँघुरो सम्बन्धमा मात्र बस्नु हुन्न भन्ने धारणा छ । नेपाल भारतसँग दुई मित्रको जस्तो सम्बन्ध बनाउन चाहन्छ नकी असमान सम्बन्ध जुन भारतसँगको ऐतिहासिक सन्धि र भूगोलका कारणले भएको नेपालले महसुस गर्छ ।

अझ फराकिलो राजनीतिक स्पेस र स्वायत्त विदेश नीतिको नेपालको चाहनालाई भारतले सम्मान गर्नुपर्छ जसरी हामीले वृहत रणनीतिक स्वायत्ततालाई हाम्रो विदेश नीतिको अंशको रूपमा लिएका छौं ।

तर योसँगै आफ्ना नागरिकले भारतमा भारतीय नागरिकसरह जुन विशेष सुविधा पाइरहेका छन्, त्यसलाई चाहिँ जोगाउन चाहन्छ जुन सुविधा नेपाल–भारतबीचका ऐतिहासिक सन्धिहरूले प्रदान गरेको छ । संस्कृति, धर्म, पारिवारिक र नाताको सम्बन्धलाई भारतले समग्रतामा जोड दिन्छ तर नेपाली नेतृत्वले भने यसलाई कम महत्व दिन्छन्, त्यसमा पनि विशेष गरी कम्युनिष्टहरूले ।

चीनलाई अब खाली एउटा काउन्टर ब्यालेन्सको रुपमा मात्र लिइँदैन । चीनसँगको सम्बन्धलाई नेपालले ठूलो आर्थिक अवसरको रूपमा हेरेको छ । अन्य छिमेकीजस्तै नेपाल पनि चीनको वेल्ट एण्ड रोड परियोजना (बीआरआई) प्रति आकर्षित भएको छ र उत्साहजनकरूपमा चीनको बेल्ट एण्ड रोड परियोजनामा सहभागी भएको छ ।

ऋणको पासो र भारतीय चासोको विषयमा बेखबर रहेर नेपालले बीआरआईमा सहभागिता जनाइरहेको छ । कतिपयलाई त चीन आर्थिक खेल हो भन्ने मात्र लागिरहेको छ । नेपाललगायत केही विकान्सोमुख मुलुकहरूमा अभिजात वर्गले जितेका छन् ।

चीनसँगको सम्झौताको दीर्घकालीन प्रभावको बारेमा नेपालका नेताहरूलाई खासै चासो भएजस्तो देखिँदैन । जस्तो कि जोन मेनार्ड केनेजले भनेका छन्, ‘सुदूर भविष्यमा त हामी सबै मर्छौं । सन् २०२१ को जुन महिनामा मात्रै आएर जी–सेभेन मुलुकले बेलायतमा भएको सम्मेलनमा विकासोन्मुख देशहरूमा पूर्वाधार निर्माणका लागि विल्ड ब्याक बेटर परियोजना अगाडि सारे जुन बीआरआईको प्रतिस्पर्धी हो । यद्यपि यसबारेमा सार्वजनिक रूपमा एकदमै कम सूचना उपलब्ध छ ।’

पारस्परिक सुरक्षाको बारेमा भारत र नेपालको बीचमा फरक मत बढ्दै गएको छ । भारतले चीनलाई एक महत्वपूर्ण चुनौतीको रूपमा लिएको छ, जुन लद्दाखमा जारी संकटमा राम्रोसँग देखिएको छ । तर, नेपालले भने चीनलाई एउटा फाइदा लिइहाल्नुपर्ने अवसरको रूपमा लिएको छ । भारतको छिमकीसँगको सम्बन्धमा चीन विस्तारै तेस्रो फ्याक्टरको रूपमा आइरहेको छ । भारतको चीन र पाकिस्तानसँगको सीमा विवाद समाधान नभएसम्म विश्वगुरुको नेतृत्व लिने आकांक्षामा निरन्तर अवरोध आइरहने छ ।

दुई असमान छिमेकीबीचको सम्बन्ध कहिले पनि सजिलोको विषय होइन । दुवै पक्षले एकअर्काको आकांक्षा र चासोहरूप्रति संवेदनशील हुनैपर्छ । अझ फराकिलो राजनीतिक स्पेस र स्वायत्त विदेश नीतिको नेपालको चाहनालाई भारतले सम्मान गर्नुपर्छ जसरी हामीले वृहत रणनीतिक स्वायत्ततालाई हाम्रो विदेश नीतिको अंशको रूपमा लिएका छौं ।

नेपालका लागि पूर्वभारतीय राजदूत रेको हालै प्रकाशित पुस्तक ‘काठमाडौं डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ को एक अंशको नेपाली रुपान्तरण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?