+
+

गोरखामा थप एक जना कोरोना संक्रमितको मृत्यु, सक्रिय संक्रमित १४२ जना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १९:१०
प्रतीकात्मक तस्वीर

१५ भदौ, गोरखा । गोरखामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ का ८३ वर्षीय वृद्धको मंगलबार बिहान गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लडेर घाइते भएका उनी दुई वर्षदेखि ओछ्यानमा थलिएर बसेका थिए ।

ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि उपचारका लागि गत आइतबार उनलाई गोरखा अस्पताल ल्याइएको थियो । उनको एन्टिजेन परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार बिहान साढे दुई बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । योसँगै गोरखामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

हालसम्म जिल्लामा ६ हजार ३७३ जनामा कोरोना संक्रमण पष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये ६ हजार २११ जना निको भइसकेका छन् । हाल गोरखा जिल्लाभर १४२ जना कोरोनाका संक्रिय संक्रमित रहेको खड्काले बताए ।

सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ५६ र सबैभन्दा कम गण्डकी गाउँपालिकामा एक जना संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । यस्तै गोरखा नगरपालिकामा २८, पालुङटार नगरपालिकामा १७, भीमसेन थापा गाउँपालिकामा १५, धार्चेमा १३, बारपाक सुलिकोटमा ७ र अजिरकोट गाउँपालिकामा ४ जना संक्रिय संक्रमित रहेका छन् ।

शहीद लखन, सिरानचोक र चुमनुव्रीमा भने सक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?