+
+
Shares

दार्चुला घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १७:२७

१७ साउन, काठमाडौं। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दार्चुलामा नेपाली युवा जयसिंह धामी तर्दै गर्दा भारतीय प्रहरीले तुइनको डोरी काटिदिएको घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको निर्णय सुनाउदै समिति सभापति पबित्रा निरौला खरेलले भनिन्, ‘दर्चुलामा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइनको डोरि काटिदिएको भन्ने आएको छ यसबाट तत्काल छानबिन गर्न समिति संबंधित मन्त्रालयलाई निर्देश गर्दछ ।”

समितिमा सांसहरुले दार्चुला घटनाबारे छानबिन हुनुपर्ने बताएका थिए । दार्चुला घटना भारतले नेपालप्रति हेर्ने एउटा उदाहरण र हेपाहा प्रवृत्तिको निरन्तरता भएको भनी घटनाको निन्दा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?