+
+

स्किन केयर ब्रान्ड एक्नेसको ब्रान्ड एम्बेसडरमा उपसना सिंह ठकुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १९:२९

जापानको नम्बर १ स्किन केयर ब्रान्ड एक्नेस (ACNES) को नयाँ ब्रान्ड एम्बेसडरमा अभिनेत्री र मोडेल उपासना सिंह ठकुरी नियुक्त भएकी छिन् । ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि अभिनेत्री ठकुरीले किशोरावस्थामा आफू पिम्पलको समस्याबाट गुज्रिएका र यो समस्याबाट छुटकारा पाउन घरेलु उपचारदेखि महँगो पिम्पल हटाउने प्रक्रियाहरू अपनाए पनि यसबाट छुटकारा पाउन गार्हो भएको बताइन् । तर,  अहिले यो जापानिज उत्पादनले पिम्पलको समस्याको समाधान गरेको उनी बताउँछिन् ।

साथै उनले अहिले आफ्नो रोजाइमा एक्नेज ट्रियो एक्टिभ पर्ने गरेको बताइन् । यो उत्पादनमा भएको ३ प्रकारको सिम्पल स्टेपले पिम्पलको पूर्ण समाधान गर्ने र एक्नेस ब्रान्डसँग जोडिन पाउँदा निकै खुसी भएको ठकुरीले बताइन् ।

एक्नेज ब्रान्डका नेपाल प्रतिनिधी रोह्टो मेन्थोलाटमले एकनेज थ्री एस उत्पादन नेपालीहरुले निकै मन पराएको र यसले ७ दिनमा पिम्पलको उपचार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?