
म्यूजिक भिडियोमा मोडलद्धय सुधिर श्रेष्ठ र गीता ढुंगानाको क्रेज राम्रो देखिएको छ । गतबर्षको लकडाउनपछि धेरै नयाँ अनुहारहरु टिकटकबाट भिडियोमा प्रवेश गरे ।
तर, दोश्रो चरणको कोरोना महामारीका कारण सरकारले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै गतबर्ष प्रवेश गरेका नयाँ अनुहारमध्ये केहीको व्यस्तता मात्र देखिएको छ । अधिकांशको हात खाली छ ।
गीता र सुधिरलाई भने दैनिक भ्याईनभ्याई नै छ । उनीहरुले, अनिस अधिकारी र रचना रिमालको स्वरमा समावेश ‘जाउँ न कान्छी जाउँ’ बोलको गीतको भिडियोमा अभिनय गरेका छन् । गीतमा अधिकारीकै शब्द तथा संगीत छ । सुवोल थापाको निर्देशनमा तयार भएको भिडियोमा वुद्ध थापाको छायांकन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4