Comments Add Comment

कस्तो मनोवृत्तिले पारिवारिक कलह बढ्छ ?

प्रेम, सद्भाव, विश्वास, सहयोग र श्रद्धाको भावनाले पारिवारिक जीवन स्वर्ग हुन्छ । यस्तो परिवारमा सबै सदस्यहरु आपसमा मिलेर बस्छन् । एकअर्काप्रति श्रद्धा र प्रेम राख्छन् । विश्वास र भरोसाले उनीहरु एकढिक्का हुन्छन् । पारिवारिक मेलमिलापले उनीहरुको घरमा सुख र धन-ऐश्वर्य प्राप्त भइरहन्छ ।

तर, कतिपयको पारिवारिक सम्बन्ध एकदमै खराब हुन्छ । एकअर्कामा शंका, अविश्वास, घृणा, असहयोग, अनादरले उनीहरुमा कलह र मनमुटाब पैदा गरिरहन्छ । यस्तो परिवारमा बारम्बार झगडा हुन्छ । एकअर्कामा दोषारोपण भइरहन्छ । एकअर्काबाट शसंकित हुन्छन् । उनीहरु एकअर्कालाई सहयोग गर्दैनन् । यस्तो परिवारमा दुःख, अभाव, कलह मात्र भइरहन्छ ।

किन परिवारमा यस किसिमको कलहको स्थिती पैदा हुन्छ ? के कारणले उनीहरु आपसमा मिल्दैनन् ?

पारिवारिक मूल्य नबुझ्दा यस किसिमको कलह हुन्छ । यस्तो परिवारमा एकअर्कासँग अपेक्षा त राख्छन्, तर सहयोग र प्रेमको भावना राख्दैनन् । परिवारका सदस्यहरु आफुलाई केन्द्रमा राखेर मात्र सबै निर्णय गर्छन् । एकअर्काको सल्लाह, सुझाव लिदैनन् । आफुखुसी एवं मनोमानी गर्छन् । उनीहरुलाई पारिवारिक मर्यादाको कुनै ख्याल हुँदैन ।

अपेक्षा राख्ने

परिवारका सदस्यहरुले एकअर्कासँग बढी अपेक्षा राख्छन् । आफ्नो कर्तव्य र जिम्मेवारी भने बोध गर्दैनन् । अरुबाट के पाइन्छ भनेर मात्र सोचिरहन्छन् । यसले उनीहरुलाई दुःखी बनाउँछ ।

कमजोरी मात्र खोज्ने

मान्छेमा गल्ती, कमजोरी हुन्छ । साथसाथै उनीहरुमा आ–आफ्नै क्षमता र गुण पनि हुन्छ । तर, कतिपयले भने अरुको गल्ती कमजोरी मात्र खोजिरहन्छन् । अरुले के गल्ती ग¥यो, के कमजोरी ग¥यो चियोचर्चा गरिन्छ । उनीहरु अर्काको गल्तीलाई मात्र खोतल्छन् र त्यही निहुँमा झगडा गरिरहन्छन् ।

आफुले मात्र जित्ने प्रयास

हरेक कुरामा आफुलाई मात्र लाभ भएको, आफुले मात्र जितेको रुचाउँने प्रवृत्ति हुन्छ । आफु हार्न नचाहने वा कुनैपनि कुरामा सम्झौता गर्न नचाहने हुन्छन् । कहिले काहीँ आफुले पनि झुक्नुपर्छ, कति कुरामा आफुले पनि सम्झौता गर्नुपर्छ भनेर मनन गर्दैनन् । आफ्नो कुरा मात्र सर्वोपरी हो भन्ने ठान्छन् । यस्तो परिवारमा कलह भइरहन्छ ।

संवाद नगर्ने

परिवारका सदस्यहरु एकअर्कासँग खुलेर कुरा गर्दैनन् । हरेक कुराको निर्णय आफुखुसी गर्छन् । कसैले कसैको मर्यादा राख्दैनन् । पारिवारिक समस्या समाधानका लागि सबैले एकजुट भएर पहल गर्दैनन् । यसले पनि उनीहरुको परिवारमा फाटो ल्याइरहन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment