Comments Add Comment

जिल्ला न्यायाधीश बन्ने अवसर, १९ जनाका लागि विज्ञापन खुल्यो

१९ साउन, काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगको परीक्षा महाशाखाले १९ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो ।

आन्तरिकतर्फ ९ र खुलातर्फ पाँच जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ । यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १-१ जनाको विज्ञापन खुलेको छ ।

प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते निर्धारण गरिएको छ । यस्तै चौथो पत्रको पहिलो खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुने छ । परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ ।

आन्तरिक र खुलाका लागि दुई हजार र प्रत्येक समावेशी समूहका लागि थप ५ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ । परीक्षा फारम बुझाउने म्याद ३० दिन तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन फारम बुझाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment