+
+
Shares

काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि दिइने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १९ गते १३:४६
फाइल तस्वीर

१९ साउन, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले २२ साउनदेखि दोस्रो डोज पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले पहिलो डोज लगाई २१ दिन पूरा भएका नागरिकले २२ साउनदेखि खोप लगाउने कार्यक्रम तय भएको जानकारी दिए । तर औपचारिक निर्णय भने मंगलबार बस्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले गर्ने उनले बताए । दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने उनले बताए ।

डा. खड्काका अनुसार असार २९ गते यता भेरोसेलको पहिलो खोप लगाएका नागरिक १ लाख ६५ हजार छन् ।

खोपको पहिलो डोज लगाएको तीन हप्ता पूरा भएका नागरिकलाई काठमाडौंका सबै पालिकामा दोस्रो डोज खोप दिइने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?