+
+

कांग्रेस उपसभापति निधि र ईयू राजदूत डिप्रेजबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १९ गते १८:४२

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । राजदूत डिप्रेज उपसभापति निधिलाई भेट्न उनको निवास नयाँ बानेश्वर पुगेकी थिइन् ।

झण्डै एक घण्टा भएको भेटवार्तामा राजदूत डिप्रेले कोरोना महामारी नियन्त्रणमा ईयूका तर्फबाट सहयोग हुने बताएकी छन् । राजदूत डिप्रेले प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्ने पनि बताएकी छन् ।

वैकल्पिक उर्जा, जलवायु परिवर्तन, लैंगिक समानता लगायतमा पनि ईयूले सहयोग गर्न चाहेको निधिसँग बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?