Comments Add Comment

बुधबार निषेधाज्ञायताकै बढी अन्तर्राष्ट्रिय उडान-अवतरण

२० साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार कुल २९ अन्तर्राष्ट्रिय उडान/अवतरण हुँदैछ । यो नेपालमा निषेधाज्ञा शुरु भएयताकै सर्वाधिक भएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

बुधबार कार्गो उडानका दौरान छेन्दुबाट सिचुवान एयरलाइन्सको जहाज काठमाडौं आउने छ । कुवेतबाट जजिरा एयरवेजले नेपालमा नियमित उडान गर्ने छ । हिमालय एयरलाइन्सले कतारको दोहा, साउदीको दमाम र चीनको नाङ्निङमा उडान गर्दैछ । यी दुईमध्ये चीनमा कार्गो उडान हुन लागेको हो ।

इथियोपियन एयरलाइन्सले बिहान दिल्लीबाट काठमाडौं उडान गरेको छ । यो जहाज संयुक्त राष्ट्रसंघका कर्मचारीको यात्राका दौरान यहाँ आएको हो । कतार एयरवेज र फ्लाइ दुबईले नियमित एक/एक उडान गर्दैछन् ।

सिंगापुर एयरलाइन्स कार्गो उडानका लागि काठमाडौं आउने छ । नेपाल एयरलाइन्सको एक जहाज मलेसियाबाट आज काठमाडौं आएको छ । नेवानिका तीन जहाजले दिल्ली, दुबई र दोहा उडान गर्दैछन् । कोरियन एयरले कोरियाबाट काठमाडौं उडान गर्दैछ । हिमालय एयरलाइन्सको जहाज दुबई उड्ने कार्यक्रम रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment