Comments Add Comment

राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त, सर्वोच्चका न्यायाधीश समक्ष लिए शपथ

२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त भएका छन् । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त भएका हुन् ।

यस अघि तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुंगाना राष्ट्र बैंकको सञ्चालक थिए । ढुंगानाको अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रुपमा सञ्चालक बनेका हुन् ।

सञ्चालक नियुक्त भएपछि मरासिनीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । मरासिनीले सर्वोच्च अदालतका तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment