Comments Add Comment

जापानले अनुदान दिएको खोप शनिबार काठमाडौं आइपुग्ने

२० साउन, काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ ।

गत असार २९ गते जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्स सुविधा मार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा गरेका थिए ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानले दिएको खोप तत्कालै उपयोग हुने आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment