Comments Add Comment

आकाश र मेरो सम्बन्ध फ्यानकै कारण ३ बर्ष टिकेको थियोः पूजा शर्मा

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ विस्तारै गसिप बजारबाट टाढिदै छन् । उनीहरुको बिषयमा बजारमा चल्ने चर्चा उनीहरु टाढिएसँगै कम हुँदै गएका छन् । ‘रामकहानी’ चलचित्रमा एकसाथ काम गरेपछि नजिक भएका पूजा र आकाश आजको दिनमा व्यवसायिक सम्बन्धमा सिमित छन् ।

उसो त, आकाश र पूजाको सम्बन्धमा यसअघि पनि मनमुटाव नआएको होइन । बारम्बार उनीहरुविच सम्बन्धमा फाटो आयो र फेरि जोडिदै पनि गयो । तर, निषेधाज्ञापछि भने पूजा र आकाश व्यवसायिक सम्बन्धमा मात्र सिमित हुन पुगे । उनीहरुविचको लामो मित्रतामा फाटो आइसकेको छ ।

काठमाडौंमा पूजा र आकाशका फ्यानहरुले मिलेर ‘धर्ती आकाश’ बोलको गीतको सफलताको सेलिव्रेशन कार्यक्रम आयोजना गरेका थिए । संगीतकार तथा गीतकार अर्जुन पोखरेल, गायिका दुर्गा खरेल, भिडियो निर्देशक विधान कार्कीको साथमा भिडियोका मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ कार्यक्रममा उपस्थित थिए ।

फ्यानको प्रश्नमा पूजाले भनिन्–‘म फ्यानहरुलाई अल्झाएर राख्न चाहन्नँ । आकाश र मेरो सम्बन्ध फ्यानकै कारण ३ बर्ष टिकेको थियो । फ्यानको मन रुनु भनेको मलाई नराम्रो हुनु हो । हामीलाई घर परिवारले बरु यति धेरै माया दिदैन होला, जुन माया फ्याननले दिएका छन् ।’

पूजाले आकाश र आफू राम्रो मित्र भएको दोहोर्याइन् । उनले, भविष्यमा के हुन्छ भनेर भन्न नसकिने भन्दै सामाजिक संजालबाट दबाब नदिन पनि आग्रह गरिन् ।

नायक आकाश श्रेष्ठले पनि पूजा र आफूले सल्लाहामै काम गरेको बताए । फ्यानकै कारण आफूहरु एक ठाउँमा आएको भन्दै पूजा र आकाशले एक हुनैपर्छ भनेर दबाब नदिन पनि आग्रह गरे । पूजाले, आफूहरु साथी भएको भन्दै फ्यानको मन नदुखाउने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment