+
+

बौद्धमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १३:०४

२१ साउन, काठमाडौं । काठमाडौंको बौद्ध टुसालमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौर घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार रातिको साढे १ बजेतिर एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?