Comments Add Comment

हवाईजहाजबाट पनि थालियो कोरोना बिरामीको उद्धार

२१ साउन, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको हेलिउद्धार हुँदै आएकोमा अब हवाईजहाजबाट समेत उद्धार थालिएको छ । समिट एयरले बुधबार सुर्खेतबाट दुई कोभिड बिरामीलाई मेडिकल उडानमार्फत काठमाडौं ल्याएको छ ।

कम्पनीका अनुसार एक क्याप्टेन र मेडिकल टीमसहित बिरामीको हवाई उद्धार गरिएको हो । त्रिभुवन विमानस्थलबाट ती बिरामीलाई अस्पताल लगिएको थियो । हवाईजहाजमा कोभिड बिरामी राख्ने प्रयोजनका लागि आवश्यक विशेष उपकरण र साधनहरुको प्रयोग गरिएको थियो ।

हेलिकोप्टरबाहेक पहिलो पटक जहाजमा यस्तो उपकरण राखेर बिरामीको उद्धार गरिएको हो । हेलिकोप्टर कम्पनीहरुले भने महामारीको समयमा देशका विभिन्न स्थानबाट बिरामीलाई उद्धार गरि अस्पतालहरुमा पुर्‍याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment