Comments Add Comment

हेलिकप्टरले पनि निभाउन सकेन बालाजु औद्योगिक क्षेत्रको आगलागी

२३ साउन, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा लिन कठिन भएको छ । औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ ।

प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ । अहिले हेलिकप्टर फर्किसकेको छ ।

१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइएको थियो । सम्भव नभएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको हो । आगो नियन्त्रणमा नआएपछि हेलिकप्टर पनि फर्किएको प्रहरीको भनाइ छ ।

आगलागी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।

तस्वीर : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment