+
+

विकल्पसहित कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २३ गते १०:३८

२३ साउन, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले यही साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई शुक्रबार नै सिफारिश गरिसकेको ।

यसै सन्दर्भमा पूर्वस्वास्थ्यमन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा परीक्षा स्थगितमात्र नभइ विकल्पसहित निर्णय गर्न सुझाव दिएको बताएका छन् ।

‘स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिशका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं, ‘ उनले भनेका छन् ।

आफूहरुको सुझावपछि प्रधानमन्त्री देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने बताएको थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?