Comments Add Comment

रेडक्रस र कोका-कोला फाउन्डेसनले स्वास्थ्य क्षेत्र र खोप अभियानलाई सहयोग पुर्‍याउने

२४ साउन, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कोका-कोला फाउन्डेशनको साथमा कोभिड-१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयम्सेवकहरुको सुरक्षा बढाउनको लागी साझेदारी गरेको छ । यो साझेदारीको उद्देश्य नेरेसोका स्वयंसेवकहरुलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपाँगता भएका व्यक्तिहरुलाई खोप लगाउनको लागी यातायात सुविधा प्रदान गर्नु हो ।

यस सन्दर्भमा, श्रावण २१ गते महाराजगञ्जको शिक्षण अस्पतालमा हस्तान्तरण समारोह आयोजित गरिएको थियो जहाँ नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक डा. मनिता राजकर्णीकाकर र कोका-कोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरे ।

साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएशनका स्वास्थ्य पेशेवरहरुलाई व्यक्तिगत सुरक्षा सामानहरु वितरण गरीएको छ । वितरणमा १२,५०० सर्जिकल मास्क, ५००० जोडी पन्जा, र ९६० सेनिटाइजर बोतल सामेल छन् ।

यसबाहेक, संयुक्त पहलमा नेपाल भरका १० जिल्लाहरुमा गरीएको छ जहाँ ३१,००० भन्दा बढी लाभार्थीहरु नेपाल सरकारद्वारा संचालित खोप केन्द्रहरुबाट पुगिसकेका छन् । यो अभियान मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र बागमती प्रदेशको धादिङ जिल्लामा साथै कास्की, तनहुँ, गोरखा, लमजुंग, र गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लाहरुमा गरीएको छ ।

नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिकहरु, स्वास्थ्यकर्मीहरु, र एम्बुलेन्सहरु पनि सहयोगी सामग्री प्राप्त गर्ने लाभार्थीहरुको हिस्सा भएका छन् ।

‘नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्न र ँस्टप द स्प्रेडू अभियानलाई मुर्तरुप दिने एउटा प्रयास हो,’नेपाल रेडक्रस स्वास्थ्य सेवा बिभागका निर्देशक डा मनिता राजकणिर्कारले भने ।

नेरेसोसँगको सहकार्य कोका-कोलाको ‘स्टप द स्प्रेड’ अभियानको एक हिस्सा हो ।

नेपालमा कोभिड- १९ को फैलावट रोक्न मद्दत पुर्याउन, भ्याक्सिनेसनको सुविधा उपलब्ध गराउन, सुरक्षा सामग्री प्रदान गर्न र जागरुकता कार्यक्रम निर्माण गर्न नेपाली रु २.४ करोडको प्रारम्भिक योगदानको सहयोग गरिदै यस क्यामपियनलाई वर्षको सुरुमा घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment