Comments Add Comment

शुक्रबारयता अफगानिस्तानको पाँच प्रान्तीय राजधानीमा तालिबानको कब्जा

२५ साउन, काठमाडौं । अफगानिस्तानमा गत शुक्रबारयता चरमपन्थी संगठन तालिबानले पाँच प्रान्तीय राजधानीमाथि कब्जा जमाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पछिल्ला केही महिनामा अधिकांश ग्रामीण क्षेत्रमा कब्जा जमाएको तालिबानले अहिले भने सहरी क्षेत्रमा आक्रमण गरिरहेको छ ।

आइतबार तालिबानले अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेका कन्दुज, सार ए पुल र तालोकान सहरलाई आफ्नो कब्जामा लिएको हो । यसअघि गत शुक्रबार तालिबानले जारन्ज सहर कब्जामा लिएको थियो भने शनिबार सेबर्घान सहरलाई कब्जामा लिएको थियो । तालिबानले पछिल्लो तीन दिनमा आफ्नो कब्जामा लिएको पाँच सहरमध्ये कुन्दुज सबैभन्दा महत्वपूर्ण सहर हो ।

तालिबानले अहिलेसम्म अफगानिस्तानको सरकारसँग युद्धविरामको सम्झौता नभएको बताएको छ । तालिबानका प्रवक्ताले अमेरिकालाई अफगानिस्तानको युद्धमा थप हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । आइतबार अमेरिकी बमवर्षक विमानले सबर्घानको तालिबानको केन्द्रमा आक्रमण गरेको छ ।

अफगानिस्तानको कुन्दुज सहरका मानिसले अहिले सहरको अवस्था पूर्णहरुमा अस्तव्यस्त रहेको बताएका छन् । अफगानिस्तानको सरकारले भने सरकारी सेनाले प्रमुख सहरबाट तालिबानलाई हटाउन युद्ध गरिरहेको दाबी गरेको छ ।

अहिले पनि अफगानिस्तानको पश्चिमी सहर हेरात र दक्षिणी सहरहरु कन्दाहार र लस्कर गाहमा पनि युद्ध चलिरहेको छ । सन् २०२१ मा मात्र अफगानिस्तानबाट हजारौं मानिस विस्थापित भइसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment