Comments Add Comment

बल्ल पाए चलचित्रकर्मीहरुले खोप

नेपाल चलचित्र कलाकार संघको आयोजनामा चलचित्रकर्मीहरुका लागि खोपको व्यवस्था गरिएको छ । आइतबार पाटन ढोकास्थित अशोक सिनमा हलमा चलचित्रकर्मीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइएको हो । बिहान ९ बजेदेखि नै खोप लगाउनका लागि चलचित्रकर्मीहरु अशोक सिनेमा हल पुगेका थिए ।

बिहान ९ बजेदेखि १० बजेसम्म कलाकारहरुले खोप लगाएका थिए । यस्तै, ११ बजेदेखि १२ बजेसम्म चलचित्र निर्माता र हल व्यवसायी, १ बजेदेखि २ बजेसम्म प्राविधिक, २ बजेदेखि ३ बजेसम्म नृत्य र द्धन्द्ध कलाकार, ३ बजेदेखि साढे ३ बजेसम्म निर्देशक, साडे ३ बजेपछि जनजाती महासंघ र अन्य संघ संस्थामा आवद्ध चलचित्रकर्मीलाई खोप लगाइएको कलाकार संघले जानकारी दिएको छ ।

खोप लगाउनका लागि कलाकारहरु भूवन केसी, पल शाह, पुष्प खड्का, रेजिना उप्रेती, धिरेन शाक्य, दुर्गेश थापा लगायत पुगेका थिए ।

चलचित्रकर्मीहरुका लागि खोपको व्यवस्था गर्नका लागि सरकारसँग चलचित्रकर्मीहरुले बारम्बार आग्रह गरेका थिए । खोप लगाएपछि मात्र चलचित्र क्षेत्र चलायमान हुन सजिलो हुने उनीहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment