Comments Add Comment

ईपीएलको ट्रफी सार्वजनिक

२५ साउन, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ । आयोजक ईपीएल प्रालिले सोमबार एक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो ।

आईसीसी क्रिकेट वर्ल्ड कपकाे ट्रफी बनाउने कम्पनीले नै ईपीएलकाे ट्रफी बनाएकाे आयाेजकले जनाएकाे छ । आयाेजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले ट्रफी विशेष खालकाे रहेको बताए ।

चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

यो ट्रफीका लागि ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । २०२० मै हुने भनिएको ईपीएलको चौथो संस्करण कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट मान्यता प्राप्त ईपीएलमा विश्व क्रिकेटका नाम चलेका खेलाडी समेत आउनेछन् ।

यस पटक काठमाडौं किंग्स ११ ले पाकिस्तानका शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ । यस्तै चितवन टाइगर्सले पनि पाकिस्तानकै डानिस अजिजलाई अनुबन्ध गरेको छ ।

पछिल्लो पटक २०१८ मा भएको तेस्रो संस्करणको उपाधि ललितपुर प्याट्रिओट्सले जितेको थियो । ललितपुरसंगै काठमाडौं किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले इपीएलमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment