+
+
Shares

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते १७:३०

२५ साउन, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको हाल कायम चुक्तापुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २३१.५७ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन् ।

बीमा समितिको स्वीकृतिपछि प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?