+
+
Shares

एनआरएनए डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते ६:०८

बार्सिलोना। एनआरएनए डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी (शैलु) विजयी बनेका छन्। शनिबार कोपनहेगनमा भएको विद्युतीय मतदानमा अधिकारी १८० मत ल्याई विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी शिव कार्कीले १४२ मत र दीपकराज रिजालले ८७ मत पाए। ४६३ पंजीकृत सदस्यहरुमध्ये ४०९ जनाले मतदान गरेका थिए ।

उपाध्यक्षमा राधाकृष्ण सापकोटा (आरके) र सुनिल विराजी यादव, महासचिवमा महेशसिंह खत्री, सचिवमा शालिकराम शर्मा, कोषाध्यक्षमा मोहन के.सी निर्वाचित भएका छन्। सदस्यहरुमा प्रदीपकुमार पाण्डे, भुवन खड्का, केशवनिधि पन्त, नरेन्द्र बहादुर पौडेल र नारायण गौडेल विजयी भएका छन् ।

आइसीसी सदस्यमा अशोक शर्मा, महिला उपाध्यक्षमा जमुनादेवी रिजाल कंडेल, महिला प्रतिनिधिमा मनिषा सिंह, युवा प्रतिनिधिमा गुरुदत्त लामिछाने, महिला सदस्यहरुमा रितादेवी कंडेल मिश्र र विमला शर्मा खरेल निर्विरोध निर्वाचित भएका छन्।

शनिबार अनलाइनमार्फत निर्वाचन गर्दै मत परिणाम सार्वजनिक भयो भने आइतबार सपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको थियो।

नवनिर्वाचित अध्यक्ष अधिकारीले एनआरएन डेनमार्कको आर्थिक पारदर्शितालाई कायम गर्दै डेनमार्कवासी नेपाली समाजको हितका लागि कृयाशील रहने बताएका छन्। ‘निर्वाचनमा भाग लिई उपबिजेता बन्नु भएका साथीहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । मेरो ज़िम्मेवारी र महत्वपूर्ण अभिभारालाई मेरो विवेक र अन्तरदृष्टिले भ्याएसम्म डगमगाउन दिने छैन भन्ने प्रतिबद्धता प्रकट गर्दछु,’ उनले भने।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?