Comments Add Comment

सिद्धबाबा नजिक गाडीमाथि ढुंगा खस्यो, चारजना गम्भीर घाइते

२६ साउन,बुटवल । तानसेन-बुटवल सडकखण्ड अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिर नजिक स्कारपियो गाडीमाथि ढुंगो खस्दा चारजना गम्भीर घाइते भएका छन् ।

पाल्पाको तिनाउ गाउपालिका-३ हेडबक्समा पाल्पाबाट बुटवल आउँदै गरेको बा१८च ७३३६ नम्बरको गाडीमाथि ठूलो ढुंगो झरेपछि गाडी सडकबाट सय मिटर तल तिनाउ नदीमा झरेको थियो ।

दुर्घटनामा परी चारजना गम्भीर घाइते भएका र उनीहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको छ । घाइतेहरुको नाम ठेगाना खुल्न बाँकी रहेको र उनीहरु पाल्पाको झुम्सा क्षेत्रका रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment