+
+
Shares

उपत्यकामा ‘तपाईंको मास्क खै ?’ अभियान सुरु

आर्यन धिमाल आर्यन धिमाल
२०७८ साउन २६ गते १५:४७

२६ साउन, काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ सचेतना अभियान
शुरु गरेको छ ।

अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको रिबनको प्रयोग गरी सचेतना अभियान शुरु गरेको हो ।

उक्त अभियानको ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

उपत्यकाको ४४ ट्राफिक कार्यालयका ९०० जना ट्राफिक प्रहरीहरुलाई आजैबाट ड्युटीको समयमा अनिवार्य उक्त रिबन प्रयोगमा ल्याउन समेत निर्देशन दिएको महाशाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले यस अभियानले सम्पूर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने बताए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?