
फोन-पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक गरेको छ । श्रावण १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले एकलाख रूपैयाँ जित्दै आएका छन् ।
हालसम्म १३ जना मर्चेन्टले एक-एक लाख रूपैयाँ जितिसकेका छन् । तीन महिनासम्म सञ्चालन हुने यस योजनाका विजेता हरेक दिन सार्वजनिक हुने गरेका छन् ।
हालसम्म काठमाडौका युनिक बेकरी, दिल क्याफे, क्याफे ककओ, सेसन वाक, मेडफस्र्ट हेल्थ केयर, केसी मिट सप, लाइफ ट्रस्ट मेडि डाइग्नोष्टिक, ललितपुरको सुनिल फार्मेसी, भक्तपुरको खड्का प्लाष्टिक पसल, सप्तरीको काल्टु लिला प्रालि उदयपुरको सरगम चस्मा घरका मर्चेन्टले एक-एक लाख रूपैयाँ जित्न सफल भएका छन् ।
यस योजनामा हरेक दिन क्यूआरमार्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको हो ।
फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना-ठूला सबै व्यावसायलाई समेट्ने यो योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ ।
यस योजनामा सहभागि हुनका लागि फोन-पे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ ।
फोनपे बिजनेसमा आवद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्यान नम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनीमार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।
यस योजनामा हरेक दिन विहान १२ बजे देखि राति ११ः५९ सम्म कारोवार गर्ने सबै व्यवसायी सहभागी हुँदै आएका छन् । यो योजनाका विजेता लक्की ड्रमार्फत छनोट गरिँदै आएको छ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोन-पे बिजनेसको फेसबुक लाइभ मार्फत गरिँदै आएको छ । यो योजनामा फोनपेमार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ ।
फोन-पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालकहो । फोन-पे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।
एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोन-पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डीएसएस भि थि्रटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।
प्रतिक्रिया 4