
२७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयप्रति कुनै पछुतो नभएको बताएका छन् । उनले अफगानिस्तानका नेताहरुलाई एक भएर अहिलेको अवस्थाको सामना गर्न पनि आग्रह गरेका छन् ।
अफगानिस्तानमा युद्ध सुरु भएको २० वर्षपछि अमेरिकी सेना अहिले फिर्ता गइरहेको छ । यसैबीच अहिले अफगानिस्तानमा तालिबान र सरकारी सेनाबीच युद्ध चलिरहेको छ । तालिबानले केही महत्वपूर्ण क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।
तालिबानले अहिलेसम्म ३४ प्रान्तीय राजधानीमध्ये कम्तीमा ८ ओटालाई आफ्नो नियन्त्रणमा लिएको छ । त्यस्तै धेरै सहरमा तालिबानले आक्रमण गर्ने जोखिम बढेको छ ।
ह्वाइट हाउसमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै बाइडनले अमेरिका अफगानिस्तानसँग गरेको वाचामा प्रतिबद्ध रहेको बताएका छन् । जसमा हवाई सहायता सेनाको तलब र अफगानी सेनालाई खाना र उपकरण आपूर्ति गर्ने लगायतका सहयोग छन् । यद्यपि बाइडनले अफगानिस्तानका नागरिकहरुले आफ्नै लागि लड्नुपर्ने बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4