Comments Add Comment

टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप, यी हुन् सर्वाधिक लोकप्रिय मोबाइल एप

२७ साउन, काठमाडौं । गत वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने मोबाइल एपहरुमध्ये टिकटक पहिलो स्थानमा उक्लिन सफल भएको छ ।

डिजिटल एनालिटिक्स कम्पनी एप एन्नीले सार्वजनिक गरेको रिपोर्ट अनुसार फेसबुकका एपहरुलाई पछि पार्दै टिकटक सन् २०२० मा सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको हो । गत वर्ष पहिलो स्थानमा रहेको फेसबुक मेसेन्जर पाँचौँ स्थानमा झरेको छ ।

अर्को रोचक कुरा के भने चिनियाँ भिडियो शेयरिङ एप टिकटक टप फाइभको एउटा मात्र यस्तो एप बनेको छ जुन फेसबुक स्वामित्वको होइन । अर्थात् सन् २०२० मा सर्वाधिक डाउनलोड भएका टपफाइभ मोबाइल एपमध्ये अन्य चारवटा फेसबुक मातहतकै एप रहेका छन् ।

अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रतिबन्धको प्रयासका बाबजुत ट्वीटरको लोकप्रियतामा कुनै कमी आएको देखिएन । गत वर्ष ट्रम्पले अमेरिकामा टिकटक डाउनलोड हुन प्रतिबन्ध लगाउँदै नयाँ कार्यकारी आदेश जारी गरेका थिए । टिकटकले अमेरिकामा राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको र यसका प्रयोगकर्ताको डाटामा चीन सरकारको पहुँच रहेको जिकिर ट्रम्प प्रशासनको थियो । तर टिकटकले भने यस्तो अभियोग अस्वीकार गर्दै आएको थियो ।

अमेरिकामा सम्भावित प्रतिबन्धबाट बँच्नका लागि टिकटकको मातृ कम्पनी बाइटडान्सले अमेरिकास्थित टिकटकको व्यवसाय ओरेकल तथा वालमार्टलाई विक्री गर्ने विषयमा समेत छलफल अगाडि बढाएको थियो । तर गत जनवरीमा जो बाइडेन अमेरिकाको राष्ट्रपति बनेसँगै उनले टिकटकलाई प्रतिबन्ध लगाउने ट्रम्पकालीन आदेश खारेज गरे ।

यावत चुनौतीहरु पार गर्दै अगाडि बढेको टिकटकले प्रयोगकर्ताहरुलाई आकर्षित गर्नका लागि नयाँ नयाँ फिचरहरु ल्याउन थालेको छ । गत हप्तामात्रै टिकटकले vanishing clip फिचर ल्याएको छ जुन स्नापच्याट, फेसबुक तथा इन्स्टाग्राममा रहेको फिचर जस्तै छ । त्यसमा प्रयोगकर्ताहरुले टिकटक स्टोरी हाल्न पाउँदछन् जुन २४ घण्टामा आफै हराउँदछ ।

यी हुन् सन् २०२० मा विश्वव्यापी रुपमा सर्वाधिक डाउनलोड भएका टपटेन एपहरु

  •  टिकटक
  •  फेसबुक
  •  ह्वाट्सएप
  •  इन्स्टाग्राम
  •  फेसबुक मेसेन्जर
  •  स्नापच्याट
  •  टेलिग्राम
  •  लाइकी
  •  पिन्टेरेस्ट
  •  ट्वीटर

चीन बाहेक एसिया क्षेत्रमा सर्वाधिक डाउनलोड भएका टपटेन एपहरुको सूची

  •  फेसबुक
  •  टिकटक
  •  ह्वाट्सएप
  •  इन्स्टाग्राम
  • फेसबुक मेसेन्जर
  •  स्नाक भिडियो
  •  टेलिग्राम
  • स्नापच्याट
  •  ट्रुकलर
  •  लाइकी

यी हुन् अमेरिकामा सर्वाधि डाउनलोड भएका एप

  •  टिकटक
  •  फेसबुक मेसेन्जर
  •  फेसबुक
  •  इन्स्टाग्राम
  •  स्नापच्याट
  •  ह्वाट्सएप
  •  डिस्कोर्ड
  •  पिन्टेरेस्ट
  •  ट्वीटर
  •  गुगल डुओ

यी हुन् चीनमा सर्वाधिक डाउनलोड भएका टपटेन एप

  •  डुयिन
  •  विच्याट
  • क्यूक्यू
  • विशो
  •  रेड
  •  विबो
  •  डुयिन भोल्कानो इडिसन
  •  सोगु पिनयिन इनपुट मेथड
  •  झिहु
  •  सोउल

स्मरण रहोस् एप एन्नीले सन् २०१८ देखि सर्वाधिक डाउनलोड हुने एपको वार्षिक रिपोर्ट प्रकाशित गर्न थालेको हो । हालसम्म विश्वमा सर्वाधिक डाउनलोड हुने एपको पहिलो स्थानमा फेसबुककै एपहरुले कब्जा गर्ने गरेकोमा यो पटक टिकटकले बाजी मारेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment