Comments Add Comment

खोप केन्द्रको संख्या १६ हजार पुर्‍याउने सरकारको योजना

फाइल तस्वीर

२७ साउन, काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने केन्द्र विस्तार गरी १६ हजार पुर्‍याउने योजना बनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप केन्द्र १६ हजार पुर्‍याउने सरकारको योजना रहेको सार्वजनिक गरेका हुन् ।

जनस्वास्थ्य विदहरुले खोप केन्द्र व्यवस्थित पार्न नसक्नुलाई सरकारको व्यवस्थापकीय कमजोरी बताउँदै आएका छन् । खोप केन्द्र व्यवस्थित पार्ने काम सामान्य भएपनि व्यवस्थापन पक्ष फित्तलो बन्दा नागरिकले अनावश्यक रुपमा सास्ती खेपेर जोखिमपूर्ण तरिकाले खोप लगाउन बाध्य बन्नु परेको विज्ञहरुको भनाइ थियो ।

जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्र्याइँ हुँदा खोप केन्द्रबाटै संक्रमण सरेका धेरै व्यक्तिहरु अस्पताल आउने गरेको चिकित्सकहरुले बताउने गरेका छन् ।

खोप केन्द्र अव्यवस्थित बनेको भन्दै जनगुनासो बढेपछि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार काठमाडौंस्थित शिक्षण अस्पताल, चपलीहाइट लगायतका खोप केन्द्रको अनुगमन गरेका थिए ।

यो पनि पढ्नुहोस खोप केन्द्रमा भीडभाड : सरकारको व्यवस्थापकीय कमजोरी

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोपको आपूर्ति बढाएर आगामी चैत मसान्तभत्रि सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता दोहोर्‍याएका छन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लेखेका छन्, ‘अहिले ४,४२२ खोप केन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने योजना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment