+

नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज सेप्टेम्बर १३ देखि

२०७८ साउन  २८ गते ११:१७ २०७८ साउन २८ गते ११:१७
नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज सेप्टेम्बर १३ देखि

२८ साउन, काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत आगामी सेप्टेम्बरमा ओमानमा हुने भनिएको त्रिकोणात्मक सिरिजको मिति तय भएको छ ।

ओमान, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म (भदौ २८ देखि असोज ४ गते) सम्म हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आधिकारिक रुपमा मिति घोषणा गर्न बाँकी रहेपनि टाइम्स अफ ओमानले सेप्टेम्बर १३ देखि सिरिज सुरु हुने जनाएको छ ।

यस्तै सेप्टेम्बर २५ देखि अक्टोबर २ सम्म ओमान, स्कटल्याण्ड र पपुवा न्यु गिनी बीचको लिग २ सिरिज हुने पनि टाइम्प अफ ओमानले उल्लेख गरेको छ ।
ओमान क्रिकेटका चिफ डेपलपमेन्ट अफिसरले सेप्टेम्बर अक्टोबरमा गरेर लिग २ का दुई सिरिज हुने जनाएको टाइम्स अफ ओमानले जनाएको छ ।

नेपालले २०२० फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिका सहितको सिरिज खेलेको थियो । त्यसयता लिग २ मा पहिलो पटक सिरिज खेल्न लागेको हो ।

नेपालको ४ खेलबाट ४ अंक छ । ओमान १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । नेपालले सिरिजका लागि तयारी सुरु गरिसकेको छ।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय