+
+
WC Series
Nepal Women
22/0 (3.1)
VS
१०१ बलमा ११९ रन आवश्यक
Netherlands Women
140/5 (20)
Shares

माओवादी सांसदको प्रश्न : कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते १३:३२

२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङबाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले कुलमानबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गरे ?

‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’ उनले भने ।

यसअघि प्राधिकरणमा चार वर्षे कार्यकाल पूरा गरिसकेका कुलमानलाई सरकारले गत सोमबार पुन: विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?