Comments Add Comment

कांग्रेसमा उम्मेदवारी दर्ता शुल्क प्रस्ताव : वडा सदस्यको लागि सय रुपैयाँ, केन्द्रीय सभापतिलाई ३० हजार

फाइल तस्वीर

२८ साउन काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मका उम्मेदवारको दर्ता शुल्क प्रस्ताव गरिएको छ । १४ औं महाधिवेशनका लागि निर्वाचन समितिले प्रस्ताव गरेको निर्वाचन निर्देशिकामा उम्मेदवारी दर्ता शुल्क निर्धारण गरिएको हो ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्देशिका पेश गरेका हुन् । प्रस्तावित निर्देशिकामा उम्मेदवारका लागि एक सय रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । निर्देशिकामा केन्द्रीय सभापतिको उम्मेदवारी दर्ता शुल्क ३० हजार तोकिएको हो । केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार, सहमहामन्त्री पदको निर्वाचनका लागि २० हजार र केन्द्रीय सदस्य पदको उम्मेदवारी दर्ताका लागि १० हजार शुल्क प्रस्ताव गरिएको  छ ।

प्रदेश कार्यसमिति अन्तर्गत सभापति पदका लागि उम्मेदवारी शुल्क १५ हजार, जिल्ला सभापतिका लागि १० हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ । यस्तै निर्वाचन निर्देशिकामा प्रतिनिधिसभा क्षेत्रीय सभापति पदका लागि सात हजार, प्रदेशसभा क्षेत्रीय सभापतिका लागि पाँच हजार, महानगरपालिका, उपमहानगरपालिका कार्यसमिति सभापतिका लागि पाँच हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ  ।

गाउँपालिका सभापतिको दुई हजार रुपैयाँ र वडा कार्यसमिति सभापतिका लागि पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment