+
+

भ्रष्टाचार मुद्दामा फरार व्यक्ति सिराहाबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते २१:२७

२८ साउन, जनकपुरधाम । भ्रष्टाचार मुद्दामा अदालतबाट कैद र सजाय तोकिएपछि फरार भएका एक व्यक्तिलाई सिराहाबाट  प्रहरीले पक्राउ गरेको छ ।

सिराहा जिल्ला अदालतबाट २०७० साल असार ३१ गते भ्रष्टाचार मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार भएका सिराहाकै नागेन्द्रकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

४६ बर्षीय यादवलाई लहान नगरपालिका २ बाट इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

यादवलाई भ्रष्टाचार मुद्दामा अदालतले १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका यादवलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?