+
+
Shares

लुम्बिनीका मुख्यमन्त्री भन्छन्– नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउँछौं

टोपराज शर्मा टोपराज शर्मा
२०७८ साउन २९ गते १०:२३

२९ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ ल्याउने बताएका छन् ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ सरकार आएपछि अघिल्लो सरकारको बजेट र नीति तथा कार्यक्रम संशोधन स्वभाविक हुने बताए । ‘नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ आउँछ, त्यसलाई अन्यथा लिनुपर्दैन,’ मुख्यमन्त्री केसीले भने, ‘जुन पार्टीले संविधानको सर्वोच्चतालाई अपहेलना गरेर अध्यादेशबाट बजेट ल्यायो त्यसलाई स्वीकार्ने प्रश्नै हुन्न ।’

केन्द्रमा केपी ओलीले जस्तै प्रदेशमा शंकर पोखरेलले पनि संसदबाट भागेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक काम गरेकाले लोकतन्त्र र संसदीय पद्दतिलाई सही ट्रयाकमा ल्याउन पनि प्रदेशसभाबाट नयाँ बजेट ल्याइने केसीले बताए ।

सरकारले तत्कालै नियमित अधिवेशन बोलाएर विश्वासको मत लिने मुख्यमन्त्री केसीले बताए । ‘छिटै नियमित अधिवेशन बोलाउँछौं, त्यसमा नियमित विधेयकहरु ल्याउँछौं र सँगै विश्वासको मत पनि लिन्छौं,’ उनले भने ।

माओवादी केन्द्रका नेता केसी बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?