Comments Add Comment

नेपाल बैंकको मूनाफा ३१ प्रतिशतले बढ्यो

२९ साउन, काठमाडौं । मुलुककै सबैभन्दा जेठो बैंक नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ भन्दा बढी मूनाफा आर्जन गरेको छ । बैंकले ३ अर्ब ६ करोड ४ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३१ दशमलव ४० प्रतिशतले बढी हो । अघिल्लो आर्थि वर्ष यो बैंकले २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँमात्रै खुद मूनाफा आर्ज गरेको थियो ।

एक वर्षको अवधिमा बैंकको सेयर पुँजी १२ प्रतिशतले वृद्धि भएको छ भने रिजर्भ एण्ड सरप्लस ९.९९ प्रतिशतले वृद्धि भएको छ । बैंकको कर्जा ३०.२३ प्रतिशतले वृद्धि भएको भने सर्वसाधारणबाट संकलन हुने निक्षेप १४ दशमलव ९९ प्रतिशतले बढेको छ ।

बैंकको निस्कृय कर्जामा केही सुधार भएको छ भने प्रतिसेयर आम्दानी इपीएस २०.६८ रुपैयाबाट बडेर २४.२६ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment