Comments Add Comment

ला लिगा : भ्यालेन्सियाको विजयी सुरुआत

३० साउन, काठमाडौं । स्पानिस ला लिगा २०२१-२२ को सिजनमा भ्यालेन्सियाले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा भ्यालेन्सियाले गेटाफेलाई १-० ले हरायो । भ्यालेन्सियाका लागि कार्लोस सोलरले पेनाल्टीमा एक गोल गरे ।

खेलमा दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएका थिए ।

घरेलु मान मेस्टालामा खेलको तेस्रो मिनेटमै भ्यालेन्सियाका ह्युगो गुइलामोनले सिधै रातो कार्ड पाउँदा १० खेलाडीमा समेटिएको थियो । तर ११औ मिनेटमा पेनाल्टी पाएपछि सोलरले गोल गर्दै अग्रता दिलाए ।

एक खेलाडी कम हुँदा पनि गेटाफले भने फाइदा उठाउन सकेन ।

७६औं मिनेमा एरिका काबाको दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेपछि गटाफे १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि भ्यालेन्सियाले ३ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment