+
+
Shares

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १३:०१

३१ साउन, काठमाडौं । सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला कारोबार मूल्य ८९ हजार ७ सय रुपैयाँ रहेको छापावल सुनको भाउ आइतबार ९० हजार ठ सय रुपैयाँ पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९० हजार दुई सय रुपैयाँ तोकेको छ ।

शुक्रबार ८९ हजार २ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि आइतबार तोलामा २० रुपैयाँको बृद्धि देखिएको छ । शुक्रबार एक हजार १८५ रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आइतबारको मूल्य एक हजार २०५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?