Comments Add Comment

२१ बैंकको रिपोर्ट : कुन बैंकले कति कमाए ?

३१ साउन, काठमाडौं । सञ्चालनमा रहेका मध्ये २७ वाणिज्य बैंकहरु मध्ये २१ वटा बैंकहरुले गत आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

आइतबारसम्म सार्वजनिक भएको वित्तीय विवरणहरु मध्ये अधिकां बैंकको मुनाफा आकर्षाक तरिकाले बढेको छ । केही बैंकको मूनाफामा भने गिरावट आएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको मूनाफामा कमी आएको छ ।

यद्यपि, हालसम्म सार्वजनिक भएका बैंकहरुको रिपोर्ट मध्ये सबैभन्दा धेरै कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक नै पहिलो नम्बरमा देखिएको छ । गत आर्थिक वर्षमा ३ अर्ब ७९ कराड ५४ लाख ७८ हजार रुपैयाँ मूनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस बैंकले ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ मूनाफा आर्जन गरेको थियो ।

बहुमत सेयर सरकारको रहेको अर्को बैंक, कृषि विकास बैंकले मूनाफामा निकै राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ३३ करोड रुपैयाँ मूनाफा आर्जन गरेकोमा यस बैंकले गत आर्थिक वर्ष मूनाफा बढाएर ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ पुर्याएको छ ।

मूनाफाका आधारमा तेस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम कमर्सीयल बैंक चौथो नम्बरमा देखिएका छन् ।

हेर्नुस् कुन बैंकले कति कमाएः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment